आगामी आइतबार कांग्रेसको घोषणापत्र सार्वजनिक हुने

काठमाण्डु टुडे २०८२ फागुन १ गते १७:२० मा प्रकाशित

काठमाण्डू, १ फागुन– कांग्रेसले आगामी ३ गते (आइतबार) प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले जानकारी दिएका छन ।

कांग्रेसले पार्टीको घोषणा पत्रलाई प्रतिज्ञा पत्रको नाम दिएको छ । प्रवक्ता चालिसेले प्रतिज्ञा पत्र सार्वजनिकका लागि आइतबार पत्रकार सम्मेलन आयोजना गरिने जानकारी दिएका हुन । प्रतिज्ञा पत्र सार्वजनिकका लागि कांग्रेसले आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us