नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोलसहित एक जना पक्राउ

काठमाण्डु टुडे २०८२ फागुन १ गते १४:१४ मा प्रकाशित

काठमाण्डू, १ फागुन– अमेरिकन पेस्तोलसहित नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाण्डूको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल १ थान र गोली ४ राउण्ड सहित एक जना पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–२ बस्ने ३० वर्षीय केयुर पुरी छन् । उनलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो ।

चितवनबाट काठमाण्डूतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त पेस्तोल फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us