काठमाण्डू, २९ माघ– धनकुटा नगरपालिका ५ कर्मीटारस्थित एक सुधार केन्द्रबाट १२ जना व्यक्ति फरार भएका छन । स्थानीय सुनौलो जीवन सुधार तथा उपचार केन्द्रमा रहेका १२ जना बिहीबार बिहान १० बजे भवनको सुरक्षा घेराको तारबेर तोडेर फरार भएको धनकुटा प्रहरीले जनाएको छ ।
फरार भएकाहरू लागुऔषध तथा मादकपदार्थ सेवनको लतबाट छुटकारा दिलाउन सुधार केन्द्रमा राखिएका व्यक्ति हुन् ।
सुधार केन्द्रमा ३० जना रहेकामा १२ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए । उनीहरूको खोजी कार्य जारी राखिएको जनाइएको छ ।