हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव हुन्छः प्रधानमन्त्री कार्की

काठमाण्डु टुडे २०८२ माघ २९ गते १४:३४ मा प्रकाशित

काठमाण्डू, २९ माघ– प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ गते नै चुनाव हुने बताएकी छन । आज (बिहीबार) सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले स्थानीय पत्रकारलाई प्रतिक्रिया दिँदै यस्तो बताएकी हुन ।

प्रधानमन्त्री कार्कीले देशभर एकैदिन (फागुन २१) मै निर्वाचन हुने दाबी गरेकी छन । प्रधानमन्त्री कार्कीले भनिन्, ‘पुरै देशभर एकैदिन फागुन २१ मा चुनाव सम्भव छ ।

हामीले मौसमको पनि अध्ययन गरिरहेका छौ, पुरै सम्भव छ ।’ कार्की बिहीबार हिमाली जिल्लामा निर्वाचनको अवस्था बुझ्न सोलुखुम्बु पुगेकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us