गाडी दिएकामा प्रधानमन्त्रीद्वारा भारतको सराहना, नेपाललाई सहयोग गर्नु भारतको कर्तव्य भएको राजदूत श्रीवास्तवको भनाइ

काठमाण्डु टुडे २०८२ माघ २७ गते १७:२५ मा प्रकाशित

काठमाण्डू, २७ माघ– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि धन्यवाद दिएकी छन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग मंगलबार सिंहदरबारमा भएको भेटमा उनले २१ फागुनमा हुने निर्वाचनका लागि सवारी साधनसहितका सामग्री उपलब्ध गराएर सहयोग गरेको भन्दै भारतलाई धन्यवाद दिइन् ।

जवाफमा राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको सदैव साथ रहने बताए ।

छिमेकीको नाताले नेपाललाई सहयोग गर्नुलाई भारतले आफ्नो कर्तव्य ठानेको उनको भनाइ थियो ।

निर्वाचनपछि नेपालले लिने लोकतान्त्रिक बाटो र संवैधानिक स्थिरता भारतका लागि समेत महत्वपूर्ण हुने राजदूत श्रीवास्तबले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us