सामाजिक सञ्जालबाट स्टण्ट गर्नेलाई मतदाताले चिन्दै गएका छन्ः प्रचण्ड

काठमाण्डु टुडे २०८२ माघ २७ गते १५:२७ मा प्रकाशित

काठमाण्डू, २७ माघ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत भइरहेको स्टण्ट र हल्लाको प्रभाव कमजोर हुँदै गएको बताएका छन् ।

पार्टी मुख्यालय कोटेश्वरपेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले बास्तविकता बुझ्दै गएको सञ्जालको प्रभाव कमजोर हुन थालेको दाबी गरे ।

सामाजिक सञ्जालमा भएका हल्ला र बास्तविकतामा फरक रहेको उनको भनाइ थियो । प्रचण्डले सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रम चिर्न र पार्टीका पक्षमा जनमत निर्माण गर्न कार्यकर्तालाई निर्देशन दिए ।

‘सोसल मिडियाबाट भएको प्रचारबाजी अनुसार फिल्डमा छैन । सोसल मिडियावाला, स्टन्टवाला भन्ने गरेका छौं हामीले । पहिला जहाँ जिते त्यहाँ उनीहरूको ओरालो छ’, रास्वपालाई लक्षित गर्दै प्रचण्डले भने, ‘उपत्यकामै हेर्नुभयो भने उनीहरूको अहिले छैन । नयाँनयाँ ठाउँमा भ्रम दिन सजिलो हुँदो रहेछ ।’

अघिल्लो निर्वाचनमा काठमाण्डूमा मदतान गरेर रास्वपालाई जिताएका जनता यसपटक भ्रममुक्त भएको दाबी उनको छ । काठमाण्डूका जनताले उनीहरुर्लाइ हल्लाखोरका रुपमा चिनिसकेको दाबी प्रचण्डले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us