सुनसरी, २७ माघ– कांग्रेस सभापति गगन थापाले काँग्रेस बदलिएर आएको बताएका छन् ।
सुनसरी क्षेत्र नम्बर–२ अन्तर्गत झुम्कामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बदलिएको काँग्रेसले भ्रष्टाचार अन्त्य र सुशासनका लागि काम गर्ने बताएका हुन् ।
‘कांग्रेस बदलिएर आएको छ,’ थापाले भने, ‘बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि काम गर्छ ।’
उनले काँग्रेसजनले आफूलाई विश्वास गरे विशेष महाधिवेशनमार्फत सभापति बनाएको भन्दै उक्त विश्वासलाई मतदानमा बदल्न अपिल गरे । उनले आफ्नो नेतृत्वको काँग्रेसले बोलेका कुरा पुरा गर्ने प्रतिबद्धता पनि जनाए ।