नवलपरासी, २७ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले २१ फागुनमा हुने चुनाव नेताले नभई जनताले जित्ने दाबी गरेका छन् ।
परासी बजारमा मंगलबार कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा लामिछानेले नेताले नभई जनताले जित्ने गरी चुनाव हुन लागेको बताए ।
उनले चुनाव जितेर गएका नेताले जनचाहनाअनुसार काम नगरे अर्कोपटक सजाय दिनेसमेत उल्लेख गरे ।
‘यसपटकको निर्वाचन नेताले होइन, जनताले जित्ने हो,’ उनले भने, ‘जितेपछि जनताले भनेको काम गर्न सकेन भने अर्को पटक सजाय दिने हो ।’
लामिछानेले जनताले नेता नभई नेताले जनता खोज्ने दिन सुरु भएकाले अब आफ्ना समस्या भन्न नेता खोज्दै हिंड्नुनपर्ने जिकिर गरे । जनताका समस्या जनताकोमै गएर नसुन्ने व्यक्ति अब नेता हुनै नसक्ने लामिछानेको भनाइ थियो ।