ताप्लेजुङ, २७ माघ- मंगलबार बिहान ताप्लेजुङमा भूकम्प गएको छ ।
बिहान २ बजेर ४७ मिनेटमा कञ्चनजंघा आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएकोछ ।
केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको छ । भूकम्पको धक्का पूर्वी नेपालका अधिकांश जिल्लामा महसुस गरिएको थियो ।