कञ्चनपुर, २६ माघ– नेपाली सेनाले बाटो बिराएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हराइरहेका तीन किशोरीको सकुशल उद्धार गरेको छ ।
सेनाका अनुसार उनीहरु सबै कञ्चनपुरको भिमदत्त नगरपालिका–१५ का हुन् ।
रणसिंह दल गणबाट गएको टोलीले ती किशोरीहरुको उद्धार गरेको सेनाले जनाएको छ ।
घुम्न गएका तीन किशोरी निकुञ्ज क्षेत्रमा रहेको बाबा तालमा बाटो बिराएर हराएका थिए ।
सेनाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत किशोरीहरुलाई परिवारको जिम्मा लगाएको छ ।