रास्वपाको दुई तिहाईको सरकार बन्छः रवि लामिछाने

काठमाण्डु टुडे २०८२ माघ २६ गते १३:५७ मा प्रकाशित

रुपन्देही, २६ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले २१ फागुनमा हुने निर्वाचनमा आफ्नो दलले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् ।
रूपन्देहीमा सोमबार चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपालाई दुई तिहाई ल्याउन कसैले रोक्न नसक्ने दाबी गरेका हुन् ।

लामिछानेले देशमा निराशा नभई आफूल देशबासीको आँखामा आशावादीता देखेको तर्क गरे ।

‘मान्छेहरू भन्छन् देशमा निराशा छ । तर म तपाईंहरूको आँखामा हेर्छु आशा नै आशा छ’, उनले भने,‘अब दुई तिहाइको सरकार बन्छ ।’ २१ फागुन इतिहास बदल्ने दिन भएको उनको भनाइ थियो ।

लामिछानेले जनताको मनमा रहेको आशा जगाइराख्न आफू मतदाताकोमा गइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us