अष्ट्रेलियामा घरभित्रै कार पस्दा एक नेपालीको मृत्यु

काठमाण्डु टुडे २०८२ माघ २६ गते १३:३४ मा प्रकाशित

काठमाण्डू, २६ माघ–अष्ट्रेलियामा सवारी दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ ।

मृत्यु हुनेमा ५३ वर्षीया विष्णुकुमारी गुरूङ छिन् ।

पर्थस्थित घरमा सुथशुक्रबार राति सुतिरहेका बेला अनियन्त्रित कार घरभित्रै छिरेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । छोरी भेट्न उनी केही दिनअघि मात्र अष्ट्रेलिया गएकी थिइन् ।

कार चालक ३६ वर्षीय पुवकलाई प्रहरीले पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us