काठमाण्डू, २५ माघ- मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।
प्रसाईंलाई हाजिरी जमानीमा रिहा गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ । ब्युरोका एसपी दीपकराज अवस्थीले जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूले प्रसाईंलाई हाजिर जमानीमा छाडेको जानकारी दिए ।
निर्वाचन बिथोल्ने प्रयास गरेको तथा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रहरीले प्रसाईंलाई शुक्रबार ललितपुरबाट पक्राउ गरेको थियो ।