रेशम चौधरी उम्मेदवार बन्न नपाउने, सर्वोच्चले के भन्यो ?

काठमाण्डु टुडे २०८२ माघ २५ गते १९:०२ मा प्रकाशित

6Lsfk’/ 36gfsf d’Vo cleo’Qm ePsf] cleof]udf k’k{Ifsf nflu y’gfdf /x]sf /]dz rf}w/Ln] l;+xb/af/ k’u]/ ;f+;b kbsf] ;ky lnPsf 5g . ;efd’v s[i0faxfb’/ dx/fn] rf}w/LnfO{ kb tyf uf]klgotfsf] ;ky v’jfPsf x’g . l8NnLahf/ sf/fuf/af6 k|x/Ln] pgnfO{ l;+xb/af/ NofPsf] lyof] .tl:a/ =Oln6 hf]zL

काठमाण्डू, २५ माघ– सर्वोच्च अदालतले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले आइतबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अरु मुद्दा पनि विचाराधीन रहेको अवस्थामा अन्तरिम आदेश जारी गर्न नमिल्ने दाबी अदालतको छ । चौधरीले आगामी २१ फागुनमा हुने निर्वाचनका लागि कैलाली–१ बाट उम्मेदवारी दिएका थिए ।

तर, निर्वाचन अधिकृत देवराज भारतीले उम्मेदवारी बदर गरेपछि चौधरीले गत ९ माघमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

टीकापुर नसंहारको मुद्दामा जन्म कैदको सजाय पाएका चौधरी सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएर कारागारमुक्त भएका थिए ।

निर्वाचन ऐनमा जन्मकैद भएका व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us