काठमाण्डू, २५ माघ– एमाले नेता गोकुल बाँस्कोटाले नेपाली राजनीतिमा नयाँ गडबडी हुन सक्ने दाबी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले राजनीतिक बजारमा फेरि केही गम्भीर गडबडीको खिचडी पाक्दै गरेको आशंका व्याप्त भएको बताएका हुन् ।
त्यसले नेपाली राजनीतिमा नयाँ संकट निम्तिन सक्ने दाबी उनको छ । । ‘फेरि केही गम्भीर गडबडीको खिचडी पाक्दै गरेका आशंका राजनीतिक बजारमा ब्याप्त,’ उनले लेखेका छन् ।
बाँसकोटाले क–कसले के–के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो भन्नेबारे थाहा नभएको उल्लेख गरे ।
दल, नेता र व्यक्तिभन्दा माथि राष्ट्रियता र लोकतन्त्र नराख्दा हरेक पुस्ताले हैरानी खेप्नुपर्ने उनको भनाइ छ ।