बर्दियाको गुलरियामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निस्क्रिय

काठमाण्डु टुडे २०८२ माघ २५ गते १३:४८ मा प्रकाशित

बर्दिया, २५ माघ– बर्दिया सदरमुकाम गुलरियामा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

गुलरिया नगरपालिका–५ मा रहेको सिंचाइ डिभिजन कार्यालय पछाडि सोमबार शंकास्पद वस्तु फेला परेको थियो ।

झाडी सफा गर्ने क्रममा उक्त शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । सेनाको बज्रदल गणबाट गएको बम डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको बर्दिया प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us