चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ माघ २४ गते १२:४६ मा प्रकाशित

काठमाण्डू, २४ माघ– चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ का २८ वर्षीय कुलबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिएका छन ।

हिजो (शुक्रबार) साँझ ना–६ख ६३१६ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना३१प २११४ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका निजको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us