दुर्गा प्रसाईं फेरि किन परे पक्राउ ?

काठमाण्डु टुडे २०८२ माघ २३ गते १६:१० मा प्रकाशित

काठमाण्डू, २३ माघ– विवादास्पद मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् । काठमाण्डूको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार प्रसाईं पक्राउ परेका हुन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिएका छन ।

यसअघि पनि ५ माघमा प्रसाईं पोखराबाट पक्राउ परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us