बैतडी बस दुर्घटनामा, १३ जनाको मृत्यु, ३४ घाइते

काठमाण्डु टुडे २०८२ माघ २३ गते ११:१८ मा प्रकाशित

काठमाण्डू, २३ माघ– बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन । पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा गएराति बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय बैतडीले जानकारी दिएको छ ।

गम्भीर घाइते भएका थप ५ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले जानकारी दिएका छन ।

घाइतेहरुमध्ये २५ जनाको डडेलधुरामा र ४ जनाको बझाङको देउलेकमा उपचार भइरहेको छ । घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको सुचना अधिकारी बडुले जानकारी दिए ।

बस चालक विरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ । बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us