योगेशले भनेः झापा–५ मा केपी ओलीले चुनाव जित्नुहुन्छ

काठमाण्डु टुडे २०८२ माघ २२ गते १५:१७ मा प्रकाशित

काठमाण्डू, २२ माघ– पूर्व मन्त्री एवं एमाले उपमहासचिव योगेश भट्टराईले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन पछि बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्न नसक्ने बताएका छन ।

कान्तिपुर टेलिभिजनमा एक अन्तरवार्ताको क्रममा एमाले उपमहासचिव भट्टराईले यस्तो दाबी गरेका हुन । एमाले उपमहासचिव भट्टराईले झापा–५ मा फेरी पनि केपी ओलीले नै निर्वाचन जित्ने समेत बताए ।

बालेन शाह प्रधानमन्त्री बन्नुहुन्छ भन्ने प्रश्नमा एमाले उपमहासचिव भट्टराईले भने, ‘केपी ओलीले जित्नुहुन्छ, कसरी प्रधानमन्त्री बन्नेर ?

साथै उनले आगामी निर्वाचनमा रास्वपाले रास्वपाका नेताहरुले भने जति सिट ल्याउन नसक्ने समेत बताए । उनले भने, ‘ उहाँहरुले दाबी गरे जति सिट आउँदैन, उहाँहरुले भनेजस्तो अवस्था छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us