काठमाण्डू, २२ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन । सभापति लामिछाने आज (बिहिबार) दिउँसो बुद्ध एयरको विमानमार्फत उनी भरतपुर पुगेका हुन् ।
लामिछानेको सचिवालयका अनुसार आज उनले चितवनकै लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्नेछन् । त्यहाँबाट उनी भरतपुरस्थित विशालचोकमा रहेको घरमा पुग्नेछन् ।
खुट्टामा संक्रमण भएपछि काठमाण्डूमै आराम गरिरहेका उनी फागुन २१ को निर्वाचनको तयारीका लागि आज बल्ल चितवन पुगेका हुन् । उनी यसपटक पनि चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार छन् ।