बालुवाटार पुगेर एमाले अध्यक्ष ओलीले गरे प्रधानमन्त्री कार्कीसँग २ घण्टा छलफल

काठमाण्डु टुडे २०८२ माघ २२ गते १४:३४ मा प्रकाशित

काठमाण्डू, २२ माघ– प्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच करिब २ घण्टा वार्ता भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओली बिहीबार बिहान प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए । ओली निकट स्रोतका अनुसार, उनी बिहान करिब ९ बजेपछि बालुवाटार पुगेका थिए ।

बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग उनले करिब २ घण्टा समसामयिक राजनीति र निर्वाचनबारे छलफल गरेर फर्किएका हुन् । ओली निकट उच्च स्रोतले भन्यो, ‘अध्यक्ष ओली बालुवाटार जानुभएको हो ।

उहाँले प्रधानमन्त्रीसँग करिब २ घण्टा छलफल गरेर फर्किसक्नुभएको छ ।’ छलफलका क्रममा निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रुपमा गर्नेबारे छलफल भएको जनाइएको छ ।

साथै, एकै चरणमा निर्वाचन गर्नुपर्नेगरी अघि बढ्न ओलीले सरकारलाई सुझाव दिएका थिए । प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच एकै चरणमा छलफल गर्ने बुझाइ रहेको दुवै पक्षका निकस्थहरूको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us