काठमाण्डू, २२ माघ– नेपाल टेलिकमका कर्मचारीहरूले वार्षिकोत्सवकै क्रममा मौन विरोध प्रदर्शन गरेका छन । आज (बिहीबार) टेलिकमको २२ औँ वार्षिकोत्सवको क्रममा टेलिकममा आबद्ध तीनवटै कर्मचारी सङ्गठनहरूले विरोध प्रदर्शन गरेका हुन ।
उनीहरूले हामी ‘अन्यायमा छौँ, न्यायका लागि हाम्रो आवाज’ लेखिएको व्यानरसहित विरोध जनाएका हुन् । कर्मचारी विनियमावली संशोधन गर्दै वृत्ति विकासको व्यवस्था गर्न उनीहरूले विरोध जनाएका हुन् ।
विनियमावली संशोधन नभएका कारण कर्मचारीहरू १३–१४ वर्षदेखि एउटै पदमा बसिरहनुपरेको कर्मचारीहरूको गुनासो छ ।