काठमाण्डू, २२ माघ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताएका छन । झापावासीहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन ।
यसअघिसम्म निर्वाचन हुने वातावरण बन्न नसकेको धारणा राख्दै आएका अध्यक्ष ओलीले सम्भवतः निर्वाचन फागुन २१ मै हुने र फागुन २१ मा हुन नसके वा केही समय पछि भएपनि जित्नुपर्ने पार्टी नेकपा एमाले नै रहेको पनि बताएका छन ।
अध्यक्ष ओलीले देशभक्तिको प्रतिनिधित्व गर्ने, देशभक्तिपूर्ण राष्ट्रवादी, देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी नेकपा एमाले भएको पनि बताएका छन ।
वैचारिक, व्यवहारिक, संघर्ष, अडान, दृष्टिकोणका हिसाबले एमाले नै राष्ट्रिय हितहरूको रक्षा र संवर्द्धनको नेतृत्व गर्ने पार्टी भएको पनि बताएका छन । अध्यक्ष ओलीले नेकपा एमाले सरकारमा गएका बेला देशमा विकासका कामहरूले गति लिएको पनि बताएका छन ।