जुवातास खेलेको आरोपमा ललितपुरको खाजा घरबाट ९ पक्राउ

काठमाण्डु टुडे २०८२ माघ २१ गते १६:०२ मा प्रकाशित

काठमाण्डू, २१ माघ– प्रहरीले ललितपुर महानगरपालिका–१७ बाफल भेल्पास्थित खाजाघरमा जुवातास खेलेको आरोपमा ९ जना लाई पक्राउ गरेको छ ।

लमजुङको बन्दिपुर घर भएकी ५० वर्षीया विशु गुरूङले सञ्चालन गरेको गुरूङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा विशुसमेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ४ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरीएको प्रहरीले जनाएको छ । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us