
काठमाण्डु – बलिउड नायिका कैटरीना कैफलाई फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल मन नपर्ने बताएकी छिन् ।
आगामी चलचित्र ब्याङग– ब्याङगको प्रमोशन कार्यक्रममा कैफले यस्तो बताएकी हुन् ।
मेरो चलचित्र प्रमोशनका लागी फेसबुक/ट्वीटरमा लेखेर बस्ने जरुरत नभएको पत्रकारहरुलाई प्रष्ट्याएकी छिन् ।
‘सामाजिक सञ्जालमा हुने नचाहिँदा प्रतिक्रिया मलाई मन पर्दैन ।’ उनले भनिन् , ‘ सामाजिक सञ्जालमा हुने निन्दा म सहन सक्दिन । ’
सञ्जालहरुमा हुने बेकारका प्रतिक्रियाले आफूलाई दिक्क लाग्ने र भद्धा गाली लेख्ने गरेको मैले पाएको भन्दै जनताले कलाकारको सम्मान गर्न नजानेको बताइन् ।
मेरो बारेमा गरिने वाहियात प्रतिक्रियाका विरुद्ध आफू चुप लागेर नबस्ने घोषणा गरेकी छिन् ।