रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाण्डु टुडे २०८२ मंसिर २७ गते १७:४६ मा प्रकाशित

काठमाण्डू, २७ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि सुदूरपश्चिमले कमजोर ब्याटिङ गर्दै ८५ रनमा अलआउट भएको छ ।

८५ रन एनपीएल इतिहासमा पहिलो इनिङमा बनेको यो सबैभन्दा कम स्कोर हो । एनपीएलको फाइनलको पनि कम स्कोर हो । एनपीएलमा यो संयुक्त रुपमा चौथो कम स्कोर हो ।

पहिलो सिजनमा जनकपुर बोल्ट्स सुदूरपश्चिमविरुद्ध ५१ रनमा अलआउट भएको थियो । पहिलो सिजननै पोखरा चितवन विरुद्ध ७४ र विराटनगर सुदूरपश्चिमसँग यस सिजन ७८ रनमा अलआउट भएको थियो । यस्तै गत सिजन लुम्बिनी काठमान्डुविरुद्ध ८५ रनमै अलआउट भएको थियो ।

आजको खेलमा लुम्बिनीका लागि कप्तान रोहितले ह्याट्रिक विकेट लिँदा शेर मल्ल र ट्रम्पलम्यानले पनि समान ३–३ विकेट लिन सफल भएका हुन ।

काठमाण्डूको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा सबै विकेट गुमाएर ८५ रनमै अलआउट भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us