
एजेन्सी– नयाँ दिल्लीस्थित एक चिडियाखानामा मंगलबार बाघको खोरमा खसेका युवक बाघको शिकार बनेका छन् ।
मंगलबार चिडिया खानामा खसेका मकसुद नामका ती युकवले करिब १५ मिनट बाघसँग संघर्ष गरे । तर चिडिया खानाका कोही सुरक्षा गार्ड उनको सहयोगका लागि गएनन् । बाघबाट बच्न युवकले हरसम्भव कोसिस गरेका थिए । उनले पटकपटक बाघलाई हातसमेत जोडेका थिए ।
तर निर्दयी बाघले उनको हात जोडाइको मर्म बुझेन र उनीमाथि झम्टियो । बाघको आक्रमणमा घाइते भएका उनको केहीबेरमै मृत्यु भयो । १५ मिनेटसम्म बाघले नजिकैबाट उनलाई चुपचाप हेरेको थियो । तर चिडियाखाना घुम्न गएका प्रत्यक्षदर्शीले बाघमाथि ढुंगामुढा गरेपछि बाघ मक्सुदमाथि जाइलाग्यो ।
प्रत्यक्षी दर्शीहरुका अुनसार चिडिया खानामा झुक्दाझुक्दै ती युवक एक्कासि तल खसेका थिए । बाघलाई त्यहाँ भएका सबैले ढुंगा हान्ने र होहल्ला गर्न थालेपछि बाघले युवकलाई पञ्जाले तानेर आफ्नो बस्ने स्थानमा लग्यो र टोकेर मारिदियो ।
तर बाघलाई मासु खान दिएर चिडिया खानाका अधिकारीले उक्त युवकको शव बाघलाई खान दिएनन् ।