काठमाण्डु, ८ असोज– गरिब र मितव्ययी प्रधानमन्त्री भनेर ठूलो चर्चा पाएका सुशील कोइरालाको एउटा विदेश भ्रमणको खर्च मात्रै दुई करोडको हाराहारी पुगेको छ ।
कोइरालाको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क गएको टोलीको खर्चका लागि सरकारले झण्डै दुई करोड रुपैयाँ निकासा गरेको छ ।
संसारकै गरिब र मितव्ययी प्रधानमन्त्री भनेर कमाएको चर्चा सेलाउन नपाउँदै कोइराला २२ सदस्यीय टोली लिएर न्यूयोर्क पुगेका छन् ।
मन्त्रीपरिषद्को बैठकले भदौ २६ गते गरेको निर्णयअनुसार अर्थ मन्त्रालयले भ्रमण दलका लागि एक रोड ९० लाख २४ हजार ६ सय २२ रुपैयाँ निकासा गरेको छ ।
भ्रमण्का क्रममा योभन्दा बढी खर्च हुन सक्ने भनिएको छ ।
बिमस्टेक बैठकमा सहभागी हुन इकोनोमी क्लासको हवाइ टिकटमा जाने भएपछि प्रधानमन्त्री कोइरालाले ठूलो चर्चा कमाएका थिए । उनको प्रशंसामा द वासिङ्टन पोस्टदेखि बीबीसी लगायतका सञ्चार माध्यमले समाचार नै प्रकाशित गरेका थिए ।