सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

काठमाण्डु टुडे २०८२ मंसिर २० गते १५:०७ मा प्रकाशित

काठमाण्डू, २० मंसिर– फाफ डु प्लेसी र सम हिजलेटको आक्रमक अर्धशतकमा विराटनगरले किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रामा ब्रेक लगाउन सफल भएको छ ।

सुदूरपश्चिमले दिएको १४८ रनको लष्य विराटनगरले ११।५ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाउँदै रेर्कड तोड्न सफल भएको हो । यो जितपछि ७ खेलमा ५ जितबाट १० अंक जोडेको विराटनगर अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ र अब पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै खेल्ने पक्का भएको हो ।

७ खेलबा ६ ५ जित र २ हारको नतिजाबाट विराटनगर र काठमान्डुले समान १० अंक जोडेपनि नेटरनरेटमा विराटनगरले काठमान्डुलाई पछि पार्दै लिगमा दोस्रो भएको हो ।

यसअघि नै शीर्ष स्थानमा रहने पक्का भइसकेको सुदूरपश्चिमले आजको खेलमा स्कट कुगेलेइन क्रिस लिन जस्ता खेलाडीहरुलाई आराम दिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले १४७ रन बनाएको थियो ।

विराटनगरले उक्त लक्ष्य १३.५ ओभर अगाडि नै पूरा गरेमा काठमाण्डू पछि पार्दै दोस्रो हुने थियो ।त्यही अनुसा फाफ डु प्लेसी र साम हिजलेटले आक्रमक ब्याटिङ गरेपछि १४८ रनको लक्ष्य विराटनगरले १३। ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us