विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिमको लगातार चौथो जित

काठमाण्डु टुडे २०८२ मंसिर ११ गते १५:१६ मा प्रकाशित

काठमाण्डू, ११ मंसिर– काठमाण्डूको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथो जित हात पार्न सफल भएको छ ।

आज (बिहिबार) भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गर्न सफल भएको हो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदुरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्न सफल भएको हो ।

लगातार चार जितपछि ८ अंक जोडेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक समेत पुगेको छ सुदूरपश्चिमले अब बाँकी ३ मध्ये १ खेल जितेमा पनि प्लेअफ पुग्नेछ । उता पहिलो खेलमै जित हात पार्दै सानदार सुरुवात गरेको लुम्बिनीको यो लगातार तेस्रो बेहोर्न बाध्य छ ।

४ खेलबाट जम्मा २ अंक मात्र रहेको लुम्बिनीको प्लेअफ सम्भावना भने झिनो बनेको छ । आजको खेलमा सुदूरपश्चिमका लागि विकेटकिपर विनोदले अविजति ६९ रन बनाए । उनले ४९ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । यस सिजन भण्डारीको यो पहिलो अर्धशतक हो ।

यस्तै आरिफ शेखले ३७ बलमा ४ चौका र एक छक्का मदतमा ३९ रन बनाए । क्रिकेट लिनले १९ रन योगदान गरे भने जोश ब्राउन ९ रनमा आउट भए ।

बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान, अभिशेष गौतम र तिलक भण्डारीले समान एकरएक विकेट लिन सफल भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us