काठमाण्डू, ८ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई १ सय ३६ रनको लक्ष्य दिएको छ ।
जनकपुरले टस जितेर पहिले ब्याटिङको निम्तो दिएपछि विराटनगरले २० ओभर उपयोग गरेर सात विकेटमा १ सय ३५ रन बनाउन सफल भएको हो । त्यसमा सबैभन्दा ठूलो योगदान भारतीय मूलका अमेरिकी खेलाडी शुभम रञ्जनको रह्यो र उनले ३७ रन बनाउन सफल भए ।
उनले २९ बलको सामना गरेर दुई चौका तथा दुई छक्का सामेल थियो । उनी रनआउट भए । यस्तै बसिर अहमदले ३६ रन बनान सफल भए । उनले ३५ बलमा तीन छक्का प्रहार गर्न सफल भए ।
विराटनगरका लागि ओपनरद्वयमध्ये लोकेश बमले २८ र जर्ज मुन्सीले १० रन बनाए । मार्टिन गुपटिलले भने ठूलो इनिङ्स खेल्न सकेनन् र १३ रनको मात्र योगदान दिए । विराटनगरको बलरमध्ये संगित कोरीले २६ रनमा दुई तथा रुपेश सिंहले १२ रनमा दुई विकेट लिए ।
आदित्य महताले १६ रनमा एक विकेट लिए । विराटनगरको दुई खेलबाट चार अंक रहेको छ । जनकपुरले भने अंकको खाता खोल्न सकेको छैन् ।