काठमाण्डु, ७ असोज– अमेरिका पुगेका प्रधानमन्त्री सुशील कोइरालाले फलोअप चेकअप गराएका छन् ।
कोइरालाले न्यूयोर्क स्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर अस्पतालमा फलोअप चेकअप गराएका हुन् ।
यसअघि गत असारमा उनले सोही अस्पतालमा फोक्सोको क्यानसरको उपचार गराएका थिए । कोइरालाले डा। मञ्जित बैन्सले उनको रगत परीक्षण र पेटसहित विभिन्न अंगको परीक्षण गराएका छन् ।
परीक्षणपछि कोइराला क्यान्सर रोगबाट मुक्त भएको चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीको निजी चिकित्सक डा। कवीरनाथ योगीले प्रधानमन्त्री कोइरालामा क्यान्सरको किटाणु नरहेको बताए ।
योगीका अनुसार प्रधानमन्त्रीको फोक्सोमा देखिएको सेतो दाग रेडियो थेरापीपछि हटेको छ ।