काठमाण्डु, ७ असोज– एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री सुशील कोइराला फर्केपछि वर्तमान मन्त्रिपरिषद्मा पुनः हेरफेर हुने संकेत गरेका छन् ।
पार्टीका दुई मन्त्री फिर्ता बोलाएको विषयमा विवाद चलिरहेका बेला वरिष्ठ नेता खनालले पुनः हेरफेर हुने संकेत गरेका हुन् ।
श्रीलंकामा सम्पन्न एसियाली राजनीतिक पार्टीहरुको अन्तर्राष्ट्रिय संगठन (आइक्याप) को महासम्मेलनमा भाग लिएर सोमबार स्वदेश फर्किएका नेता खनालले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो संकेत गरेका हुन् ।
खनालले मन्त्रिपरिषद् पनर्गठनबारे पार्टीभित्र सृजना गरिएको विवाद अनुचित भएको समेत बताए । उनले विवाद झिक्ने कोसिस भइरहे पनि मन्त्री हेरफेर सामान्य विषय भएको भन्दै अध्यक्षको बचाउ गरे ।
राजधानी दैनिकबाट