कर्णालीले चितवनलाई दियो १६७ लक्ष्य

काठमाण्डु टुडे २०८२ मंसिर २ गते १४:११ मा प्रकाशित

काठमाण्डू, २ मंसिर– नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन–२ मा प्रियांक पान्चलको ९० रनको मद्दतमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेकफ कर्णालीले तीन विकेट गुमाएर १६६ रन बनाउन सफल भएको छ ।

ओपनिङ गरेका भारतीय खेलाडी पान्चलले ४८ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरे । पान्चलले पहिलो विकेटका लागि म्याक्स ओ डाउडसँग ६१ रन र दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको साझेदारी गरे ।

म्याक्स ओ’डाउले २० र मार्क वाटले १६ रन योगदान गरे । पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै अविजित २७ रन बनाउन सफल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us