कलाक्षेत्रमा राजनीति हावी भयो : जीतु नेपाल

काठमाण्डु टुडे २०७१ असोज ६ गते ८:१७ मा प्रकाशित

दाङ, ६ असोज – चर्चित हाँस्य कलाकार जितु नेपालले कलाकारिता क्षेत्रमा राजनीति हावी भएको बताएका छन् । रिपोटर्स क्लव नेपाल जिल्ला शाखा दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेपालले राजनीति सबै ठाउँमा हावी हुंदा हरेक क्षेत्र अस्त व्यस्त भएको बताएका हुन् ।

jitu nepalकलाकारहरु कलाकारिता भन्दा राजनिति र दलका नेताहरुको चाकडी गर्न लागि परेको भन्दै सिमित स्वार्थ छाडेर आफ्नो क्षेत्रलाई संरक्षण संम्वद्र्धन गर्न लाग्नु पर्ने धारण व्यक्त गरे ।

केही कलाकारहरु सिमिति स्वार्थका लागि राजनितिमा प्रवेश गर्नु दुखद भएको भन्दै यसले राम्रो सन्देश नलिने बताए । एक अर्को प्रसङगमा वोल्दै हाँस्य कलाकार नेपालले दलहरुमा इच्छा शक्ति भए १ महिना भित्र संविधान जारी गर्ने ठोकुवा गरे ।

केही दलहरुको अस्तित्व समाप्त हुने र को तल पर्ने त्रासले नेपालमा नयां संविधान निर्माण गर्न नचाहेको प्रष्ट छ नेपालले भने । त्यस्तै उनले राज्यले कला क्षेत्रलाई सिमित स्वार्थका लागि प्रयोग गरिरहको तर कलाकारहरुलाई हरेक क्षेत्रमा अपेक्षा गरेको आरोप लगाए ।

कार्यक्रममा वोल्दै अर्का चर्चित गायक शिव परियारले नेपालमा लोक संगीतको जर्गेना हुन नसकेको बताए । उनले राज्यले निरन्तर कला क्षेत्रलाई अपहेलना गरिरहँदा पेश व्यवसाय धराशयी वन्दै गएको प्रष्ट पारे ।

उनले राजनीतिक दलहरुले कलाकारलाई हरेक क्षेत्रमा प्रयोग गर्ने तर उनीहरुको विकासमा कहिलै चासो नदिदा व्यवसाय अप्ठेरोमा परेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us