मेस्सीको टिम भारत नआउने

काठमाण्डु टुडे २०८२ कार्तिक ८ गते १४:१७ मा प्रकाशित

काठमाण्डू, ८ कात्तिक– अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी र उनको टिम भारत नआउने भएका छन । १७ नोभेम्बर मा हुने भनिएको मैत्रिपूर्ण खेलका लागि अर्जेन्टिना फुटबल एशोसिएसन (एएफए) को टिमका साथ आउन लागेका मेस्सीको यात्रा अन्तिम समयमा आएर स्थितगित भएको छ ।

उनी १७ नोभेम्बर अर्थात १ मंसिरमा केरलको कोच्चीमा अवस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने मैत्रिपूर्ण खेलका लागि भारत आउने भनिएको थियो ।

तर मैत्रिपूर्ण खेलको प्रायोजक रिपोर्टर ब्रोडकास्टिङ कम्पनीका म्यानेजिङ डायरेक्टर एन्टो अगस्टिनले सामाजिक सञ्जालमार्फत् खेल रद्द भएको जानकारी दिएका छन ।

उनले प्रतियोगिताका लागि फिफाबाट अनुमति मिल्न ढिलाइ भएका कारण खेल रद्द भएको फेसबुकमा लेखेका छन् । एएफएसँग छलफल गरेर निर्णय लिइएको उनको भनाइ छ ।

बीबीसीका अनुसार केरलका खेलमन्त्रीले अर्जेन्टिनासँगको मैत्रिपूर्ण खेलको घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us