गायिका आत्महत्या प्रकरणः बाबुल गिरी पुगे प्रहरी परिसर

काठमाण्डु टुडे २०८२ कार्तिक ७ गते १५:०९ मा प्रकाशित

काठमाण्डू, ७ कात्तिक– गायक तथा सङ्गीतकार बाबुल गिरी जिल्ला प्रहरी परिसर काठमाण्डूमा पुगेका छन् । गत शनिबार आफैँले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको शुक्रबार बिहान उपचारको क्रममा ‘कीर्तिपुर वर्न हस्पिटल’ मा निधन भएपछि उनी प्रहरी सम्पर्कमा पुगेका हुन् ।

उनी प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ । यसअघि पनि पौडेलका आत्महत्या प्रयासमा सङ्गीतकार गिरीलाई सोधपुछका निम्ति जिल्ला प्रहरी परिसरमा बोलाइएको थियो ।

पौडेलले शनिबार दिउँसो अनामनगरस्थित गिरीको स्टुडियोमै शरीरमा आगो लगाएर गायिका आत्मदाह प्रयास गरेकी थिइन् । सो घटनामा गिरी पनि सामान्य घाइते भएका थिए ।

गिरीलाई कीर्तिपुरस्थित बर्न अस्पतालले शनिबार नै डिस्चार्ज दिएको थियो । डिस्चार्ज लगत्तै केही सोधपुछका निम्ति भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us