राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट तिहारको टीका ग्रहण

काठमाण्डु टुडे २०८२ कार्तिक ६ गते १४:२१ मा प्रकाशित

काठमाण्डू,६ कात्तिक – राष्ट्रपति रामचन्द्र पौडेलले  शुभसाइतमा आफ्नी बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट भाइटीका ग्रहण गरेका छन् ।

बिहीबार बिहान ११ः३९ बजे शीतल निवासमा बहिनीहरूले राष्ट्रपति पौडेललाई टीका र माला लगाएका हुन् । राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो समयलाई भाइटीकाको उत्तम साइतका रूपमा निर्धारण गरेको थियो ।

समितिले साइत बिहान ११ बजेर ३९ मिनेटका लागि तय गरेको भए पनि दिनभर टीका लगाउन सकिने जनाएको छ ।

तिहारको अन्तिम दिन पर्ने भाइटीकामा दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु र सुखसमृद्धिका लागि टीका लगाइदिन्छन् भने दाजुभाइहरूले पनि टीका लगाएर दक्षिणा दिने परम्परा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us