बालेनको प्रश्न: भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ ?

काठमाण्डु टुडे २०८२ कार्तिक ६ गते ९:५१ मा प्रकाशित

काठमाण्डू, ६ कात्तिक– काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई ‘लुसिफर’ भनिएकोप्रति आक्रोश व्यक्त गरेका छन । मेयर शाहले आफूलाई आरोप लगाउनेहरू नै लुसिफर रहेको तर्क गरेका छन ।

बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रश्न गरेका छन्, ‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ ! चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?’

उनले तुइन र काठको पुल बनाउने नेताहरुले देश विदेशीले बिगारेको आरोप लगाउनेहरु र अरुलाई ‘विदेशी एजेन्ट’ भनेर आरोप लगाउनेहरुप्रति पनि कडा कटाक्ष गरेका छन् ।

उनले लेखेका छन्, ‘तुइन र काठको पूल बनाउने नेताहरु भन्छन्, यो देश विदेशीले बिगार्यो, भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ !’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us