स्कटल्याण्डका मुख्यमन्त्रीद्वारा राजीनामा घोषणा

काठमाण्डु टुडे २०७१ असोज ४ गते १२:११ मा प्रकाशित

एजेन्सी– स्कटल्याण्डका मुख्यमन्त्री एलेक्स साल्मण्डले पदबाट राजीनामा दिएका छन् ।

csसंयुक्त अधिराज्यबाट स्कटल्याण्ड स्वतन्त्र हुनुपर्छ भन्ने अभियान चलाएका उनले जनमत संग्रहमा पराजय बेहोरेपछि पद छाडेका हुन् ।

स्कटल्याण्डको राजधानी एडीनबरामा बोल्दै उनले आगामी नोभेम्बरमा आफ्नो पार्टी स्कटीस नेशनलिष्टको वार्षिक अधिवेशनका बेला पार्टीबाट राजीनामा दिने र लगत्तै प्रथममन्त्री पद छाड्ने घोषणा गरेका हुन् ।

स्कटल्याण्ड राज्य हुने वा संयुक्त अधिराज्यको एक भागका रुपमा रहने भन्ने विषयमा बिहीबार भएको जनमत संग्रहमा स्वतन्त्र हुनुहुन्न भन्ने पक्षको जित भएको थियो ।

सबै ३२ वटा काउन्सील क्षेत्रबाट प्राप्त मत परिणामअनुसार हुन्न भन्ने पक्षले २० लाख १ हजार ९ सय २६ मत र स्वतन्त्र हुनुपर्छ भन्ने पक्षले १६ लाख १७ हजार ९ सय ८९ मत ल्याएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us