विशेष महाधिवेशन गर्दा जेनजी पुस्ता प्रतिनिधि बन्न पाउँदैनन्ः मोहन बस्नेत

काठमाण्डु टुडे २०८२ असोज ३० गते १७:५१ मा प्रकाशित

काठमाण्डू, ३० असोज– कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले विशेष महाधिवशेन गर्दा जेनजी पुस्ता प्रतिनिधि हुन नपाउने बताएका छन ।

आज (बिहिबार) पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा पूर्वमन्त्री समेत रहेका बस्नेतले यस्तो बताएका हुन । उनले विशेष महाधिवशेन गर्दा १४ औं महाधिवेशनकै प्रतिनिधि हुने हुँदा नयाँले प्रतिनिधि हुन नपाउने बताएका हुन ।

उनले भने, ‘नियमित महाधिवेशन हुन नसक्ने हो भने किन हुन सक्दैन ? त्यसको जवाफ दिनुपर्ने बस्नेतले बताए। ‘नेपाली कांग्रेस पार्टीले विशेष महाधिवेशन भनेर १४ औं महाधिवशेनका प्रतिनिधिले मात्रै भोट हाल्न पाइने अनि जेनजी पुस्ताको वकालत गर्ने तर तिनले भोट हाल्न पाउँछन् कि पाउँदैनन् ?’

महामन्त्री गगन थापा संयोजक रहेको सदस्यता व्यवस्थापन समितिमा अन्य व्यक्तिहरु पनि थप्न बस्नेतले सुझाव दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us