देउवाको विकल्प खोज्ने बेला भएको छैनः सिटौला

काठमाण्डु टुडे २०८२ असोज २४ गते १६:५४ मा प्रकाशित

काठमाण्डू, २४ असोज– कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने अवस्था नरहेको बताएका छन । शीर्ष नेताहरूको दोस्रो दिनको बैठकमा बोल्ने क्रममा कांग्रेस नेता सिटौलाले यस्तो बताएका हुन ।

उनले अहिले सभापति देउवाको विकल्प खोज्नु बेठीक हुने बताएका हुन् । बैठकमा सहभागी एक नेताले सिटौला सभापति देउवालाई पदमुक्त गर्ने पक्षमा नदेखिएको बताए । सिटौलाको बोली उद्धृत गर्दै ती नेताले भने, ‘अहिले नै सभापतिको विकल्प खोज्ने बेला भएको हो त ?

विकल्प खोज्नु पर्ने अवस्था अहिले म देख्दिन ।’ पार्टी पुर्नगठन गरी नयाँ नेतृत्व सहित चुनावमा जानुपर्ने विचार आइरहेको बेला सिटौलाले खुलेर सभापति देउवाको पक्षमा धारणा राखेका हुन् ।

देउवाको विकल्प खोज्ने नेताहरुलाई सिटौलाको प्रश्न थियो, ‘अस्तिसम्म शेरबहादुर देउवा ठीक अहिले बेठीक कसरी हुन्छ ? अहिले नै उहाँको छोड्नु पर्ने भन्ने किन ?’

उनले संसद्‌ पुनर्स्थापनाको पक्षमा देखिएका सिटौलाले आजको बैठकमा त्यस विषयमा भने अलि नरम बोली राखेको सहभागी नेताले जानकारी गराए ।

उनले भने, ‘संसद पुर्नस्थापनाका लागि उहाँको पहिले जस्तो बोली थिएन । आज अलिकति भाषा अलि नरम थियो ।’ सिटौलाले चुनाव सहजै हुने अवस्था नरहेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us