युक्रेनको संसदद्वारा पूर्वी क्षेत्रलाई विशेष क्षेत्र स्वशासनको अनुमति प्रदान

काठमाण्डु टुडे २०७१ असोज १ गते ५:२९ मा प्रकाशित

एजेन्सी– युक्रेनको संसदले देशको पूर्वीक्षेत्रलाई विशेष क्षेत्र घोषित गर्दै स्वशासनको अनुमति दिएको छ । युक्रेनको पूर्वी क्षेत्रका पृथकतावादीको मागलाई सम्बोधन गर्दै संसदले ३ वर्षका लागि स्वशासनको अनुमति दिएको हो ।
विद्रोह समाप्त गर्न भन्दै राष्ट्रपति पेट्रो पोरेसेन्कोले संसदमा पूर्वी क्षेत्रलाई स्वशासनको अधिकार दिने प्रस्ताव गरेका थिए ।  संसदले विद्रोहीहरुलाई आममाफी दिने प्रस्तावलाई पनि पारित गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यो सँगै स्थानीय सरकारले  वित्तीय तथा प्रशासनिक अधिकार पाएको छ ।
सो क्षत्रेमा स्वशासनको माग गर्दै भएको संघर्षमा ३ हजार भन्दा बढीको ज्यान गएपछि युक्रेनले यस्तो अधिकार प्रदान गरेको हो । अब सो विद्रोह अन्त्य हुने अनुमान गरिएको छ । संसदको निर्णयबारे पृथकतावादी विद्रोहीले कुनै प्रतिक्रिया भने जनाइसकेका छैनन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us