केजरिवालले दिने भए दिपीकालाई साथ

काठमाण्डु टुडे २०७१ असोज १ गते ४:०३ मा प्रकाशित

काठमाण्डु, १ असोज– क्लिवेज विवादमा मुछिएकी अभिनेत्री दीपिका पादुकोणलाई आम dipikaआदमी पार्टीका संयोजक अरवीन्द केजरीवालले  साथ दिने भएका छन् ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार केजरिवालले आफू दिपीकाको पक्षमा रहेको बताएका छन् ।

  दिल्लीका पूर्वमुख्यमन्त्री समेत रहेका केजरीवालले उक्त प्रकरणमा दिपीकालाई साथ दिनसमेत सबैमा अपिल गरेका छन् । यसअघि अधिकांश नाम चलेका चलचित्रकर्मीले दिपीकाको पक्षमा बोलिसकेका छन् ।

पछिल्लो समय रहुल बोस र संगीत संयोजक विशाल डडलानीले दिपीकालाई साथ दिने बताएका छन् । एक अंग्रेजी वेबसाइटले चलचित्र छायाङ्कनका बेला खिचिएको तस्वीरमा देखिएको क्लिवेजबारे तस्वीरसहितको समाचार प्रकाशित गरेपछि दिपीका क्रुद्ध छिन् ।

केही दिनअघि ट्वीट गर्दै उनले भनेकी थिइन्, ‘हो म महिला हुँ र मेरो स्तन र क्लिजेव त, तपाईंलाई केही समस्या भयो ?’ दिपीका भारतीय नायिकाहरुमध्ये समझदार मानिन्छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us