
काठमाण्डु – मध्यरातमा घरमा पसेर बलात्कार गर्ने २६ वर्षीया महिला पक्राउ परेकी छन् ।
अमेरिकाको सियाटल राज्यस्थित बंगलामा छिरेर ३१ वर्षीय पुरुषलाई जबर्जस्ती बलात्कार गरेकी महिलालाई पीडितको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
अंग्रेजी पत्रिका डेली मेलले २ बच्चाकी आमा गीलमन नाम गरेकी आरोपी पहिले पनि बलात्कार र चोरी मुद्धामा प्रहरी हिरासतमा परेकी जनाएको छ ।
बर्थ डे पार्टी मनाएर गहिरो निद्रामा सुतेका पीडितले २ बजे राती आफूलाई केहि गर्हौं भारीले थिचेको महशुस भएपछि बिउँझदा ती महिलाले थिचीरहेको अवस्थामा पाएका थिए ।
५ फीट ७ इन्च उचाइ र १०८ तौल भएकी महिलाको पञ्जाबाट फुत्कन उनलाई हम्मे –हम्मे परेको बताएका छन् ।
बल्लबल्ल भागेका पीडितले नजिकैको अस्पतालमा गएर स्वास्थ्य परीक्षण गर्दा उनीमाथि बलात्कार भएको र ती महिलाको डीएनएसँग मेल खाएको पाइएको छ ।
प्रहरीका अनुसार ती महिलाको पेटमा ८ महिनाको गर्भ रहेको छ । मानसिक रोगी भएको पनि प्रहरीले बताएको छ ।
आरोपी महिलाले भने सहमतिमा यौनसम्बन्ध राखेको भन्दै मुद्धा झुटो आरोप भएको बताउँदै आएकी छिन् ।