मेरो स्तन र क्लेभिजले तपाईलाई के समस्या पर्‍यो ? : दीपीका

काठमाण्डु टुडे २०७१ भदौ २९ गते १२:४५ मा प्रकाशित

काठमाण्डु– हो, म महिला हुँ । मेरो पनि स्तन छ । र, स्तनकाबीचमा ‘क्लेभिज’ पनि छ र देखिन्छ । यसबाट तपाइँलाई के समस्या पर्‍यो ? दीपीका पादुकोणको क्लेभिजमाथि बनाइएको एक भिडियोप्रति आक्रोश पोख्दै उनले यस्तो ट्वीट गरेकी हुन् ।

deepika_padukone_09__6_.jpg_480_480_0_64000_0_1_0दीपीकाले यस्तो पनि कुनै खबर हो ? भन्ने प्रश्न गरेकी छिन् । उनले ट्वीटरमा यदि तपाइँलाई महिलाको इज्जत गर्न आउदैन भने महिला सशक्तिकरणको पनि बहस नगरे हुन्छ भन्दै सुझाव दिएकी छिन् ।

बलिउडमा राज गरिरहेकी दीपीको नयाँ चलचित्र ‘फाइन्डिङग फ्यानी’ आउँदो शुक्रबारबाट रिलिज हुदैछ ।

उनले गरेको ट्वीटमा हजारौ समर्थकले सहमति जनाउदै सबैलाई महिलाप्रति जवाफदेही हुन आग्रह गरेका छन् ।

समाचारको नाममा जे पनि गर्न नहुने प्रतिक्रिया जनाएका छन् ।

deepika

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us