काठमाण्डठूमा बहादुरसिंह लामा पक्षका सांसदको बैठक

काठमाण्डु टुडे २०८२ साउन २७ गते १६:३१ मा प्रकाशित

काठमाण्डू, २७ साउन– बागमतीका प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षधरका सांसदहरुको बैठक काठमाण्डूमा जारी छ । बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले विश्वासको मत लिनका लागि आज ४ बजे संसद बैठक आह्वान गरिएको छ ।

तर, लामा पक्षका सांसदहरु भने हेटौडा छाडेर काठमाण्डूमा छन । लामा समूहको आन्तरिक बैठक जारी रहेकाले काठमाण्डूमा बैठक जारी रहेको प्रदेश सभामा एक सदस्यले जानकारी दिए ।

‘हामी बैठकमै छौं । विश्वासको मत दिनु अघि समूहको बैठक राखेका हौं,’ लामा पक्षका एक सांसदले भने,‘पार्टी नेताहरुसँग पनि कुराकानी भइरहेको छ । हाम्रा माग सम्बोधनका लागि नेताहरुसँग छलफल भइरहेको छ ।’

लामा पक्षका प्रदेश सभामा १४ सांसद छन् । लामालाई कांग्रेसकै सांसदहरु लागेर संसदीय दलको नेता र मुख्यमन्त्रीबाट हटाएका थिए । लामाले संसदीय दलको नेताको हैसियत गुमाइसकेपछि आफू पक्षका तीन सांसदलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

लामाले नियुक्त गरेर सपथ हुन नपाएका तीन सांसदलाई नवगठित मन्त्रिपरिषद्मा सहभागी गराउनुपर्ने उक्त समूहको मागे छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us