काठमाण्डू, २७ साउन– काठमाण्डू महानगरपािलका– १७ पुरानो ढल्कुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६२ बर्षीय दिलकुमार पुजारी रहेको प्रहरीले जनाएको छ ।
पुजारीको गएराति करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पूरानो ढल्कुस्थित इन्द्रायणी मन्दिर नजिकै रहेको बिजुलीको पोलबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उपचारका लागि वीर अस्वताल लगिएको अस्पतालमै उनको मृत्यु भएको हो ।