कैलाली कारागार घटनाः प्रहरीले लियो जाहेरी

काठमाण्डु टुडे २०८२ साउन २६ गते १८:०५ मा प्रकाशित

काठमाण्डू, २६ साउन– कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको परिवारले प्रहरीमा जाहेरी दार्ता गराएका छन ।

-गत (शुक्रबार) रातिको घटनामा चौधरीमाथि आक्रमण गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उनको परिवारले सोमबार दिउँसो जाहेरी दर्ता गराएका हुन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जाहेरी प्राप्त भएको बताए ।

सोही जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएकोले संलग्न कैदीबन्दीको पहिचान गरेर कारवाही दायरामा ल्याइने उनले जानकारी दिएका छन । जाहेरी परेसँगै सेती प्रादेशिक अस्पतालमा शव परीक्षणको काम भइरहेको छ ।

मृतकका भाइ विजय चौधरीले प्रमुख अधिकारी गोगनबहादुर हमालले टुहुरो बनेकी छोरीको निस्शुल्क पठनपाठन र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्वतापछि शव बुझ्न तयार भएको बताएका छन । उनले दाजुको शव परीक्षण सकिएपछि बुझेर परम्पराअनुसार दाहसंस्कार गर्ने जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us